प्रस, सप्तरी, १५ असार/

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका वडा नं ६ महुली बजार निवासी ३५ वर्षीया जहादा खातुनको मृत्यु भएको हो।

सोमवार साँझ मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते खातुनको नर्सिङ होम अस्पताल विराटनगरमा उपचार हुँदाहुँदै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here