प्रस, पंचगावाँ, १५ असार/

पटेर्वासुगौली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत बालविकास सहजकर्ताहरूको लागि पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ।

गापामा रहेका २४ वटा सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताहरूलाई पोषणबारे बालबालिकाहरूलाई जनचेतना दिने उद्देश्यले तालीम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए। गापाको सामुदायिक विद्यालयमा अध्ययनरत बालविकास कक्ष्Fामा पढ्ने बालबालिकाहरूमध्ये अधिकांश कुपोषणको शिकार भएको पाइएको र उनीहरू सोही कारण पढाइप्रति मानसिक र शारीरिकरूपले तयार नहुँदा कुपोषणबाट जोगाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा स्वास्थ्य शाखाका दीपनारायण महतो र जगन्नाथ साहले सहभागीहरूलाई प्रशिक्षण दिइरहेको वनदेवी आधारभूत विद्यालयकी शिक्षिका सुस्मिताकुमारी चौधरीले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here