प्रस, वीरगंज, १५ असार/
नारायणी अस्पतालको प्रयोगशालाले मड्डलवार सातजना सङ्क्रमित थप भएको जनाएको छ। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ६३ जनाको स्वाब परीक्षण गर्दा पर्साका चार, रौतहटका दुई र बाराका एकजना गरी सातजना सङ्क्रमित थपिएको बताए। उनले सङ्क्रमितहरू २४ देखि ८० वर्ष उमेरका दुईजना महिला र पाँचजना पुरुष रहेको र उनीहरूको सिटी भ्यालू १४ देखि ३५ रहेको बताए।
यसैबीच, मड्डलवार रौतहट जिल्लाको हर्षाहा निवासी ३३ वर्षीया महिलाको निधन भएको छ। नारायणी अस्पतालमा जेठ २२ गते सङ्क्रमण पुष्टि भएपछि २४ गतेदेखि भर्ना रहेकी महिलाको आज दिउँसो १ बजे निधन भएको कोभिड संयोजक डा सिंहले बताए।