प्रस, जनकपुरधाम, १५ असार/
प्रदेश नं २ प्रदेश सरकारलाई युथ काङ्ग्रेस नेपालले पाँच थान अक्सिजन कन्सेन्ट्रेटर सहयोगस्वरूप दिएको छ। युथ काङ्ग्रेस नेपालका प्रदेश संयोजक रमेश राजले मड्डलवार प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन्।
उक्त अक्सिजन कन्सेन्ट्रेटर प्रदेशका लागि युथ काङ्ग्रेस अमेरिकाले सहयोग दिएको युथका प्रदेश संयोजक राजले कार्यक्रममा जानकारी गराए। सो अवसरमा मुख्यमन्त्री गद्दीले कोरोना महामारीविरुद्ध लडनका लागि अति आवश्यक अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेकोमा युथ काङ्ग्रेसलाई धन्यवाद ज्ञापन गरे।
प्रदेश अन्तर्गतका अति आवश्यक र सेवाको अवस्था हेरेर उक्त उपकरण अस्पतालहरूलाई प्रदान गरिने उनले बताएका छन्। यसअघि जनता स्वास्थ्य केन्द्र आइसोलेशन काठमाडौंलाई पनि युथ काङ्ग्रेसले अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको थियो।