प्रस, वीरगंज, १ असार/
वीरगंजका सञ्चारकर्मीहरूले कोरोनाविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा मङ्गलवार लिएका छन्।

पहिलो चरणमा कोभिशिल्डको खोप लिन बाँकी रहेका सञ्चारकर्मीहरूमध्ये आज १५ जना महिलासहित ८७ जनाले भेरोसिल खोपको पहिलो मात्रा लिएको नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले बताए।

उनले पहिलो चरणमा कोभिशिल्ड लिएका सञ्चारकर्मीमध्ये थुप्रैले दोस्रो चरणको कोभिशिल्ड लिइसकेको तर कारणवश त्यतिखेर खोपबाट वञ्चित पत्रकारहरूलाई आज नेपाल पत्रकार महासङ्घ, पर्सा शाखामा भेरोसिल खोपको पहिलो मात्रा दिइएको बताए। स्वास्थ्य कार्यालय, पर्साका टोलीले सञ्चारकर्मीहरूलाई खोप लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here