प्रस, वीरगंज, १ असार/
निषेधाज्ञा उल्लङ्घन गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय, पर्साले थप ८ वटा भारतीय नम्बरका मोटरसाइकललाई वीरगंज भन्सार कार्यालय चलान गरेको छ।

वैशाख १६ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको र इजाजतप्राप्त सवारीसाधन मात्र सञ्चालनमा रहेकामा सीमानाका बन्द भएको अवस्थामा भन्सार छली वीरगंजमा सञ्चालित भारतीय नम्बरका मोटरसाइकललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जिप्रका, पर्साले जनाएको छ।

जिप्रकाले निषेधाज्ञा अवधिमा इजाजत नलिएर सञ्चालित नेपाली नम्बरका मोटरसाइकललाई जरिवाना लिएर छाड्ने र भारतीय नम्बरका मोटरसाइकलाई आवश्यक कारबाईको लागि वीरगंज भन्सार पठाउँदै आएको छ। प्रहरीले यसअघि तीन/चार पटक भारतीय नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here