प्रस, वीरगंज, ३१ जेठ/

वीरगंज महानगर–४ वडा समिति कार्यालयले गर्भवती महिला र बालबालिकाहरूलाई खाद्यान्न वितरण गरेको छ। वडाध्यक्ष जगतसाह कानूले वडामा रहेका ३३ जना गर्भवती महिलालाई अन्डा, दाल, तेल, नून, चामल र सर्वोत्तम पीठो तथा पौष्टिक आहार वितरण गरेको बताए।

यसैगरी, ६ महीनादेखि २ वर्षमुनिका ६७ जना बालबालिकालाई चामल, पीठो र पौष्टिक आहार वितरण गरिएको उनले जानकारी गराए।

अन्य सामग्रीहरू अनुदान सहयोगमा वितरण गरिए पनि सुत्केरी महिला तथा बालबालिकाहरूलाई प्रतिव्यक्ति ५ किलोको दरले चामल वडाध्यक्ष कानूले निजी खर्चबाट सहयोग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here