प्रस, सिराहा, ३० जेठ/
कोरोना महामारीको कारण रगतको अभाव भएपछि सिराहा, मिर्चैयाका युवाहरूले आइतवार आकस्मिक रक्तदान गरेका छन्।

स्थानीय जनसेवा युवा क्लबको पहलमा मिर्चैयाका २२ जना युवाले रक्तदान गरेका हुन्। मिर्चैयास्थित कटारी चोकमा कार्यक्रम सम्पन्न भएको र उक्त कार्यक्रममा युवकका साथै युवतीसमेत २२ जनाले रक्तदान गरेको आयोजक क्लबले जनाएको छ।

कोरोना महामारीका कारण सबैतिर बिरामीको सङ्ख्या बढ्दै गएको कारण रक्तदान गर्नेको सङ्ख्या घट्दै गएपछि रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका मिर्चैया शाखा अध्यक्ष रोबिन साहले बताए। उनले रक्तदान गरेर रगत अभाव पूर्ति गरिदिन नगरवासीलाई आग्रहसमेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here