प्रस, सप्तरी, २९ जेठ/
सप्तरीको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट अवैध हतियारसहित सशस्त्र प्रहरीले एकजना युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने भारतको बिहार, मधुवनी निवासी २४ वर्षीय जीतेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ।

मण्डललाई बोदेबर्साइन नगरपालिकास्थित स्वर्णपट्टिबाट हतियारसहित पक्राउ गरिएको हो। उनको साथबाट बेरिङ हालेर पड्काउने बन्दुक बरामद भएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए। पक्राउ परेकालाई सशस्त्र प्रहरीले शनिवार नै जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here