प्रस, महोत्तरी, २९ जेठ/
महोत्तरी जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले शनिवार स्रोत नखुलेको नेरु करीब ८ लाख बरामद गरेको छ। जिल्लाको सम्सी गाउँपालिका वडा नं ५ पोखरभिण्डाबाट सशस्त्र प्रहरीले सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरेको हो।

प्रहरीका अनुसार बटुवाहरूलाई सशस्त्र प्रहरी गोराही बिओपीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले झोला फालेर भागेका थिए। शङ्कास्पद सो झोला चेकजाँच गर्दा स्रोत नखुलेको उक्त परिमाणको रकम फेला परेको सशस्त्र प्रहरी गस्ती टोलीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here