प्रस, वीरगंज, २७ जेठ/

नारायणी अस्पतालमा बिहीवार दुईजना सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले बारा जिल्ला निवासी ८८ वर्षीय पुरुषको बिहान पौने २ बजे मृत्यु भएको बताए। एन्टिजेन परीक्ष्Fणबाट उनी २६ गते सङ्क्रमित देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

यसैगरी, पर्साको पोखरिया नगरपालिका–४ निवासी ८० वर्षीया महिलाको बिहान पौने ११ बजे मृत्यु भएको छ। मृतक महिलामा जेठ २५ गते एन्टिजेनबाट सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको डा सिंहले बताए।

यसैबीच, बिहीवार नारायणी अस्पतालको प्रयोगशालामा चारजना सङ्क्रमित पुष्टि भएका छन्। ५० जनाको स्वाब परीक्षण गर्दा पर्साका तीन, रौतहटका एक जना गरी चारजना सङ्क्रमित पुष्टि भएको संयोजक डा सिंहले बताए।

सङ्क्रमितहरू ३० देखि ६८ वर्ष उमेरका भएको र उनीहरूको सिटी भ्यालू २४ देखि ३२ रहेको डा सिंहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here