प्रस, वीरगंज, २७ जेठ/
अग्नि ग्रुपले नारायणी अस्पताललाई विभिन्न उपकरण सहयोग गरेको छ।
बिहीवार अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानलाई स्टेपलाइजर एक थान, युपिएस एक थान र ३२६ एम्पियरको ब्याट्री १६ थान हस्तान्तरण गरे।
उक्त सामान १५ लाख मूल्यबराबरको रहेको अग्नि ग्रुपका वीरगंज शाखा प्रमुख प्रमोद क्षत्रीले जानकारी दिए। सो उपकरण नारायणी अस्पतालले सञ्चालन गरेको आइसोलेशन वार्डका लागि उपयोगी हुने क्षत्रीले बताए।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले अस्पतालमा नियमित विद्युत् आपूर्तिको लागि व्यवस्था गर्ने बताए। उनले अस्पताललाई सहयोग गरेकोमा अग्नि गु्रपलाई धन्यवाद दिए।