प्रस, रौतहट, २६ जेठ/
जिल्ला प्रहरी कार्यालय, रौतहटले स्रोत नखुलेको ३० लाख ७६ हजारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।
भारत, बिहार, मोतीहारी जिल्ला घोडासहन बस्ने बन्टीकुमार कलवार र सुरज कलवारलाई पक्राउ गरेको जिप्रका रौतहटले जनाएको छ। भारतीय नम्बरको मोटरसाइकल चढेर आएका उनीहरूलाई परोहा नगरपालिका–९ रामपुरखापमा प्रहरीले चेकजाँच गर्दा नेपाली रु ३० लाख ७६ हजार बरामद भएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए। बन्टीले उक्त रकम राजपुरस्थित एक इँटाभट्टामा पु–याउन ल्याएको प्रउ शाहले बताए। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ।