प्रस, वीरगंज, २६ जेठ/

वीरगंज महानगर–१५ स्थित कृष्णप्रणामी मन्दिर र मानव सेवा आश्रमको उत्तरपट्टिको टोल अहिले नाला नहुँदा समस्या झेल्दैछ।

मुख्यमन्त्री लालबाबू राउत गद्दीले सो टोलमा ग्रेभल सडक निर्माण गरेका थिए। तर नाला नबन्दा अहिले घर र वर्षाको पानीको निकास नहुँदा सो टोलमा समस्या भएको हो। नाला बनाउनको लागि वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उपभोक्ता समितिमार्फत महानगरको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत योगदान हुनेगरी रु ७२ लाखको लागतमा महानगरको भागमा पर्ने रु ४३ लाख निकासा गरे पनि थप रकमको अभावमा नाला निर्माण हुन सकेको छैन।

सो टोलमा ९० प्रतिशतभन्दा बढी कर्मचारी भएको र उनीहरूले लगानी गर्न नसकेको कारण नाला निर्माण कार्य अगाडि बढ्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here