प्रस, राजविराज, २६ जेठ/

नेकपा माओवादी केन्द्र सप्तरीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा छिटो न्याय सम्पादनको माग गर्दै प्रदर्शन गरेको छ।

माओवादी केन्द्रका कार्यकर्ताहरूले प्रधानमन्त्री केपीशर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गरी संसद् पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले स्वतन्त्र न्यायप्रणालीमाथिको हस्तक्षेप बन्द गर, कानूनी शासनको बहाली गरलगायतका प्लेकार्ड बोकेर सप्तरीको राजविराजस्थित उच्च अदालत अस्थायी इजलास राजविराज र जिल्ला अदालतअगाडि ११ बजेदेखि दुई घण्टा प्रदर्शन गरेका थिए।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष अशोककुमार मण्डलको नेतृत्वमा निस्किएको विरोध जुलुस अदालत अगाडि पुगेर समापन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here