चट्याङपीडित परिवारलाई २ लाख सहयोग

प्रस, रौतहट, २६ जेठ/

चट्याङ लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रु २ लाख आर्थिक सहयोग गरेका छन्।

वैशाख ९ गते वृन्दावन नगरपालिका–३ का लक्ष्मण महरालाई खेतमा चट्याङ लागेपछि उनको मृत्यु भएको थियो। महराकी पत्नी झौरी देवीलाई प्रजिअ यादवले बुधवार रु २ लाखको चेक हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here