प्रस, वीरगंज, २६ जेठ/

हन्डेरड्स गु्रपले पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–३ मा ५६ घरपरिवारलाई राहत वितरण गरेको छ।

निषेधाज्ञा अवधिमा वीरगंज महानगरपालिकामा रात्रि भोजन  र दिउँसो खाजा कार्यक्रम सञ्चालन गर्दै आएको यो समूहले बुधवार पकाहामैनपुर गापामा चमार, दुसाध, मुसहर जातका गरीबहरूलाई राहत वितरण गरेको कोषाध्यक्ष आशिष गुप्ताले बताए। ग्रुपका अध्यक्ष विनय गिरीको अध्यक्षतामा पकाहामैनपुरमा प्रतिपरिवार १० किलो चामल, दाल, नून, तेल, आलु, प्याज, सोयाबिन राहत वितरण गरिएको हो। कार्यक्रममा विक्की सर्राफ, आयुष वर्णवाल, मधुसूदन साह, राहुल पटेल, अनिल गिरी, दीपु यादवलगायतले सहयोग पु–याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here