प्रस, वीरगंज, २६ जेठ/

जिल्ला प्रहरी कार्यालय, पर्साले निषेधाज्ञा अवधिमा पसले खोल्ने १३ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

निषेधाज्ञाको समयमा स्टेशनरी, सिलाइकटाइ, इलेक्ट्रोनिक, पानभण्डार, हार्डवेयरका पसल खोल्ने १३ जना व्यवसायीलाई पक्राउ गरी नसिहत दिएर छाडेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here