प्रस, वीरगंज, २५ जेठ/
पर्सा जिल्लाको कुल क्षेत्रफल १ लाख ४० हजार ६८२ हेक्टरमध्ये ५५.५१ प्रतिशत वनले ओगटेको छ। डिभिजन वन कार्यालय, पर्साका निमित्त डिभिजन वन अधिकृत फरमान मियाँले कुल क्षेत्रफलको ५५.५१ प्रतिशत अर्थात् ७७ हजार १२४ हेक्टर वनक्षेत्र रहेको बताए।
उनले कुल क्ष्Fेत्रफलको ३९.३९ प्रतिशत अर्थात् ५४ हजार ७३२ हेक्टर कृषि क्ष्Fेत्र, २.५ प्रतिशत अर्थात् २ हजार ८५६ प्रतिशत चरण क्षेत्र र अन्य क्षेत्र ३.५ प्रतिशत अर्थात् ४ हजार २३२ हेक्टर गरी १ लाख ४० हजार ६८२ हेक्टर क्षेत्रफल रहेको बताएका छन्। निमित्त डिभिजन वन अधिकृत मियाँले ७७ हजार १२४ हेक्टर वनक्षेत्रमध्ये ११ हजार ५८५.६ हेक्टर वन मात्र डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने र बाँकी चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा पर्ने बताए।
उनले जिल्लामा रहेको विद्यमान वनक्षेत्रलाई सबै जनताको आधारभूत आवश्यकता पूरा गर्न, सामाजिक र आर्थिक विकास तथा स्वस्थ वातावरणको प्रबन्ध गर्न र बढ्दो शहरीकरणलाई आवश्यक पर्ने काठ, दाउरा, बालुवा, गिट्टी आदिको आपूर्ति गर्न राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वन र धार्मिक वनको रूपमा वर्गीकरण गरी सोही अनुसार वनको संरक्षण, संवद्र्धन र व्यवस्थापन गर्दै आएको बताए। उनले डिभिजन वन कार्यालय अन्तर्गत अहिले सबैया र विन्ध्यवासिनी कोइलाभार बडनिहार साझेदार वन व्यवस्थापन समूह र प्रस्तावित गादीमाई वन व्यवस्थापन समूह रहेको जानकारी गराए।
उनले चालू आवमा वनसम्बन्धी २६ वटा मुद्दा दर्ता रहेको र त्यसमा ६७ जना प्रतिवादी भएको र २८५.४ क्युफिट काठ बरामद भएको बताए। यसैगरी, गत वर्ष २३ वटा मुद्दामध्ये ७ वटा अदालतमा र १६ वटा डिभिजन वन कार्यालयमा मुद्दा चलिरहेको र त्यसका प्रतिवादी ५५ जना रहेको बताए। उनले गत वर्ष २५४.९९ क्युफिट काठ बरामद भएको र सोसम्बन्धी मुद्दा चलिरहेको बताए।
पर्साको वनक्षेत्र संरक्षण गर्न डिभिजन वन कार्यालय सक्रियतापूर्वक लागेको बताए। सातवटा सबडिभिजन वन कार्यालयमार्फत वनक्षेत्रको निगरानी भइरहेको र त्यसमा सशस्त्र र नेपाल प्रहरीले सहयोग गर्दै आएको बताए। अहिले पर्सा जिल्लामा अतिक्रमित वनक्षेत्रलाई खाली गराउन साझेदारी वन व्यवस्थापन समितिमार्फत काम भइरहेको भएपनि निषेधाज्ञा र लकडाउनको कारण सो कार्यले गति लिन नसकेको उनले बताए।