प्रस, ठोरी, २४ जेठ/
ठोरी गाउँपालिकामा सङ्क्रमित सङ्ख्या शून्य भएको छ। एन्टिजेन परीक्षणबाट अहिले एकजना पनि सङ्क्रमित पुष्टि नभएपछि गापा सङ्क्रमणमुक्त भएको स्वास्थ्य संयोजक रमेशराज थिङले बताए।
ठोरी गापामा वैशाख १९ गतेदेखि एन्टिजेन परीक्षण शुरू भएको हो। पालिकाले ६६ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जना सङ्क्रमित देखिएका थिए। १८ जनाको होम आइसोलेशनमा उपचार भएको र एकजनालाई वीरगंज रेफर गरिएकोमा उनीसमेत अहिले सबैजना स्वस्थ भइसकेको संयोजक थिङले बताए। ठोरी गापाले कोरोना लक्षण भएकाहरूलाई वडाको स्वास्थ्य शाखाको सिफारिशमा एन्टिजेन परीक्षण गर्दै आएको थियो। सङ्क्रमितहरूको कन्ट्याक्ट टे«सिङ पनि एन्टिजेनबाट गरिएको थियो। गापाले २० शय्याको कोरोना अस्पताल सञ्चालनमा ल्याइसकेको छ।