प्रस, बारा, २४ जेठ/
जिल्ला प्रहरी कार्यालय बारा र पर्साको संयुक्त टोलीले बाराको महागढीमाई नगरपालिका–२ इनर्वा चोकबाट ४९ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।
जिप्रका, बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले लागूऔषध ब्युरो वीरगंजको सूचनाको आधारमा बारा प्रहरीको टोलीसमेतले महागढीमाई नगरपालिका–२ इनर्वाचोकमा ना.२ह ६१०६ नंको अटोबाट ४९ किलो गाँजा बरामद भएको बताए। उनले अटोमा गाँजा राखेर तस्करहरू मोटरसाइकलबाट स्कर्टिङ गरिरहेको अवस्थामा अनटेस्ट मोटरसाइकल र अटोबाट तीनजनालाई नियन्त्रणमा लिएको बताए।
प्रवक्ता मिश्रले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका–१ औराहा निवासी ३९ वर्षीय अमिरका पासवान, ५६ वर्षीय अटोचालक रमेश चौधरी र ३७ वर्षीय राजकुमार ठाकुरलाई पक्राउ गरिएको बताए। उनले अटोचालक चौधरी रहेको र सोमा ठाकुर सवार भएको तथा मोटरसाइकल पासवानले चलाएको बताए।