प्रस, वीरगंज, २४ जेठ/

वीरगंजका अस्पतालमा सोमवार तीनजना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी गराएका छन्।

बहुदरमाई नगरपालिका–८ निवासी ६५ वर्षीय पुरुषको नारायणी सेन्ट्रल अस्पताल बिर्तामा आज निधन भएको हो। उनी जेठ १२ गतेदेखि अस्पतालमा भर्ना थिए र १४ गते सङ्क्रमित पुष्टि भएका थिए।

यसैगरी, वीरगंज–१४ निवासी ५१ वर्षीया महिलाको आज बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ। जेठ १७ गते सङ्क्रमित भएकी महिला २२ गते अस्पताल भर्ना भएकी थिइन्।

यसैगरी, नारायणी अस्पतालमा सर्लाही, बरहथवा नगरपालिका–६ निवासी ५५ वर्षीया महिलाको निधन भएको अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले बताए। १६ गते सङ्क्रमित भएकी महिला १४ गते अस्पताल भर्ना भएकी थिइन् र उपचारको क्रममा आज उनको निधन भएको हो।

आज निधन भएका तीनैजनाले कोरोनाविरुद्ध खोप लिएका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here