प्रस, वीरगंज, २२ जेठ/
नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालाले शनिवार साँझ १० जना सङ्क्रमित पुष्टि गरेको छ ।
अस्पतालका कोभिड फोकल पर्सन डा सरोजरोशन दासले ९६ जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गर्दा पर्सा र बाराका तीन/तीन जना, महोत्तरीका दुईजना र रौतहट तथा सर्लाहीका एक/एक जना गरी १० जना सङ्क्रमित पुष्टि भएको बताए ।
सङ्क्रमित हुनेमा ३३ देखि ९५ वर्ष उमेरका मानिसहरू भएको र उनीहरूको सिटी भ्यालू २३.३ देखि ३५ सम्म रहेको डा दासले बताए । नारायणी अस्पताल वीरगंजमा आज पनि कोरोना सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन ।