प्रस, वीरगंज, २१ जेठ/

नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले बाराका सीमा क्षेत्रमा जनचेतना कार्यक्रम गर्दै मास्क वितरण गरेको छ। बढ्दो कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले सीमानाकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

कबहीगोठ बिओपीको पिलर नं ३७७ स्थित चन्द्रमान र सनफुलवामा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत दुलाल र भारतीय एसएसबीका सहायक कमान्डर असल श्रीवास्तवको संयुक्त नेतृत्वमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा दुवै देशका सीमा पिलरनजीकका स्थानीयहरूलाई सुरक्षाकर्मीहरूले मास्क वितरण गरी कोभिडबाट बच्ने उपायहरू अवलम्बन गर्न सुझाव दिएका थिए।

त्यसैगरी, कोभिड महामारीले दुवै देशका विद्यालयहरू बन्द रहेकाले बालबालिकाहरूको पठनपाठनमा समस्या उत्पन्न भएमा दुवै देशका सुरक्षाकर्मीले बिहान एक घण्टा अध्यापन गराउने निर्णय भएको १२ नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जीव पाण्डेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here