प्रस, वीरगंज, २१ जेठ/

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले शुक्रवार साँझ ९ जना सङ्क्रमित थप पुष्टि भएको जनाएको छ।

अस्पतालका कोभिड फोकल पर्सन डा सरोजरोशन दासले ९६ जनाको स्वाब परीक्षण गर्दा ९ जना सङ्क्रमित पुष्टि भएको बताए। पर्साका ४ जना, बाराका ३ जना, रौतहट र सर्लाहीका १/१ जना छन्। उनीहरूको उमेर २१ देखि ६८ वर्ष छ र सिटी भ्यालू २०.८ देखि ३२.१ सम्म छ।

बिहीवार सङ्क्रमणबाट ६ जनाको मृत्यु भयो भने शुक्रवार कसैको पनि मृत्यु भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here