प्रस, राजविराज, २१ जेठ/
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बोदेबर्साइन नपालाई रु २५ हजारको चेक बिहीवार हस्तान्तरण गरिएको थियो। वित्तीय संस्थाका प्रमुख योगेन्द्रप्रसाद यादवले नगरपालिकाका प्रशासनिक प्रमुख घनश्याम यादवलाई चेक हस्तान्तरण गरेका थिए। यसैगरी, संस्थाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।