प्रस, रक्सौल, २१ जेठ/

भारत, मोतीहारी जिल्लाको कल्याणपुर थाना क्षेत्रको दीक्षित पकडी गाउँमा दुई धुर जमीनको लागि एकजनाको हत्या भएको छ।

दुई धुर जमीन विवादमा सो गाउँका वासुदेव रामले मुखलाल राम र उनका परिवारलाई कुटपिट गरेका थिए। कुटपिटपछि रामले बन्चरो प्रहार गरी मुखलाल रामको हत्या गरेका थिए। घटनामा मुखलालकी पत्नी अतवारिया देवीलगायत दुईजना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले शव शल्यपरीक्षणको लागि अस्पताल पठाएको छ भने मुखलालको खोजी गरिरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here