प्रस, सर्लाही, २१ जेठ/

सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई घरेलु हिंसाको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

किशोरीले अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको प्रउ राठौरले बताए। पक्राउ परेका यादवलाई अदालतबाट म्याद थप गरी कारबाई प्रक्रिया अघि बढाइएको छ। किशोरीको उद्धार गरी जिल्ला सदरमुकाममा रहेको एक सेफ हाउसमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here