प्रस, सिम्रौनगढ, २० जेठ/
भारतको जितना थाना क्ष्Fेत्र अन्तर्गत पर्ने बडौला गाउँको एउटा घरमा प्रहरीले छापामारी गर्दा गाउँलेहरूले प्रहरीलाई कुटपिट गरी लखेटेका छन्।
बाराको पचरौता नगरपालिकासँग जोडिएको भारतीय क्षेत्रको बडौलाको एउटा घरमा तस्करीबाट मदिरा भण्डारण गरेको सूचनाको आधारमा प्रहरीले छापामारी गर्दा महिला, पुरुषहरू मिलेर प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। थोरै सङ्ख्यामा प्रहरी रहेका कारण गाउँलेले प्रहरीलाई धपाउन सफल भए। घटना सम्बन्धमा प्रहरीले १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।