प्रस, पंचगावाँ, १८ जेठ/

जिल्ला डिभिजन वन कार्यालय, पर्साले राष्ट्रिय वन क्षेत्रमा पोखरी खन्न थालेपछि स्थानीयले विरोध गरेका छन्। राष्ट्रिय वनबाट निस्केको कुलोबाट स्थानीयले खेतीबाली गर्दै आएको कारण पोखरी खन्दा सिंचाइ प्रभावित हुने भन्दै स्थानीयले विरोध गरेका हुन्।

डिभिजन वन कार्यालय, पर्साका विकास फाँट प्रमुख रेयाज अन्सारीले पोखरी खन्दा स्थानीयले गर्दै आएको सिंचाइ सुविधा प्रभावित नहुने बताए। उनले स्थानीयलाई चित्त बुझाएर नै पोखरीको काम अगाडि बढ्ने बताए।

सोमवार जेसिबी लिएर पोखरी खन्न डिभिजन वन कार्यालयको टोली जाँदा स्थानीयले अवरोध गरेपछि पोखरी खन्ने काम अवरुद्ध भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here