काठमाडौं, १८ जेठ/रासस

नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निश्शुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ। चिनियाँ सरकारले अनुदानस्वरूप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुर्ई लाख मात्रा खोप निश्शुल्क ढुवानी गर्ने भएको हो।

उक्त खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिलो खेपको खोप आज बिहान १०५ बाकस काठमाडौं ल्याइसकिएको छ।  चीनको कुनमिङबाट ल्याइएको उक्त खोप आज बिहान ६ः२८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेको छ।

दुर्ई लाख मात्र खोप ४१७ बाकसमा राखिएको जनाइएको छ। बाँकी खोप लिन हवाईजहाज बुधवार पुनः चीन जानेछ। चार निश्शुल्क कार्गाे उडान सञ्चालन गर्दा एयरलायन्सले अमेरिकी डलर एक लाख ९२ हजार अर्थात् नेपाली रु दुर्ई करोड २५ लाख बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिए।

कोभिडको महामारीको शुरूदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ। सहयोगस्वरूप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा रु एक करोड जम्मा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here