प्रस, कलैया, १७ जेठ/

क्रसर उद्योगको कारण खेतमा क्षति पुगेको भन्दै कलैया उपमहानगरपालिका–२४ का स्थानीयहरूले सो वडामा सञ्चालित जय मातादि क्रसर उद्योगमा घेराउ गरेका छन्।

क्रसर उद्योगबाट निस्केको बालुवाको कण, धूलो आदिले खेतलाई क्षति पु–याएको उनीहरूको आरोप छ। क्रसर उद्योग सञ्चालन भएको कारण त्यहाँबाट निस्किने धूलोले खेतमा क्षति पु–याएको भन्दै उनीहरूले क्रसर उद्योग घेराउ गरेका हुन्। क्रसर उद्योगको कारण सो आसपासका सयौं बिघा खेत प्रभावित भएको स्थानीयले बताए। बडहर्वा, मनहर्वा, सखुई आदि टोलका मानिसहरू एकीकृत भएर आज क्रसर उद्योग घेराउ गर्दै बन्द गर्न माग गरेका हुन्।

वडाध्यक्ष हरिलाल चौधरीले स्थानीय र क्रसर उद्योगबीच सहमति भएको बताए। उनले क्रसर उद्योगबाट निस्किने बालुवाको कण र लेदोको व्यवस्थापन गरेर मात्र उद्योग सञ्चालन गर्ने र तत्काल उद्योग बन्द गर्ने सहमति भएको जानकारी गराए। क्रसरको कारण खेतमा लगाइएको मकै, धान, उखु, मुसुरो खेतीको उत्पादन कम भएको किसानहरूको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here