प्रस, पोखरिया, १७ जेठ/
जिल्ला अस्पताल पोखरियाबाट पाँचजना सङ्क्रमित निको भएर घर फर्केका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय गुप्ताले दुईजना महिला र तीनजना प्रहरीसहित पाँचजना सङ्क्रमित उपचारपछि घर फर्केको बताए। उनीहरूको उपचार दुई सातादेखि अस्पतालमा भइरहेको थियो। उनीहरूमा एन्टिजेन परीक्ष्Fणबाट सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। अहिलेसम्म पोखरिया अस्पतालबाट १५ जना सङ्क्रमित निको भएर घर फर्केको मेसु डा गुप्ताले बताए।