प्रस, सर्लाही, १६ जेठ/
सर्लाहीको हरिवन नगरपालिका–७ स्थित घुर्काैलीका एकै परिवारका १४ जना कोरोना सङ्क्रमित भएका छन्।
परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म सङ्क्रमित भएको हरिवन नगरपालिका–७ का अध्यक्ष नेत्रप्रसाद मैनालीले जानकारी दिए। उनले शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइबुहारीमा कोरोना सङ्क्रमण देखिएको बताए। त्यसपछि परिवारका अन्य १२ सदस्यको स्वाब परीक्षण गर्दा उनीहरूमा पनि सङ्क्रमण देखिएको बताए।
यसैगरी, हरिवन नगरपालिका–११ मा पनि एउटै परिवारमा पाँचजनासम्म सङ्क्रमित भएको वडाध्यक्ष शेख महबुब रेजाले जानकारी दिएका छन्।