प्रस, पोखरिया, १६ जेठ/

पोखरिया नगरपालिका–६ महुवनी पद्म मावि रानीगंज श्रीसियामा चोरी भएको छ।

गएराति चोरले ताल्चा तोडेर विद्यालयमा भएको एक थान कम्प्युटर सेट चोरी गरेको विद्यालयका प्रअ लालबाबू पटेलले बताए।

इप्रका पोखरियाका प्रनि दीपक थापाले हेक्सा ब्लेडले ताल्चा काटेर चोरी गरिएको बताउँदै घटना सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here