प्रस, रौतहट, १३ जेठ/

रौतहट जिल्लामा पनि निषेधाज्ञा अवधि थप गरिएको छ। चौथोपटक निषेधाज्ञा अवधि थप गर्दै जेठ १९ गते राति १२ बजेसम्म लम्ब्याइएको छ।

जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले आज राति १२ बजेसम्मको लागि जारी रहेको निषेधाज्ञालाई थप गरी १९ गते राति १२ बजेसम्म पु–याइएको बताए। उनले निषेधाज्ञा अवधिमा यसअघि तोकिएका मिति र समयमा तोकिएको व्यवसाय, सवारीसाधन, बजार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न र आदेशको बर्खिलाप भए कानूनबमोजिम कारबाई हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here