प्रस, वीरगंज, १३ जेठ/

नारायणी अस्पतालमा बुधवार राति ४० जना सङ्क्रमित पुष्टि भएका छन् भने बिहीवार दिउँसो एकजना सङ्क्रमितको मृत्यु भएको छ।

नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले १९२ जनाको स्वाब परीक्षण गर्दा बुधवार राति ४० जना सङ्क्रमित पुष्टि भएको बताए। उनले पर्साका २४, बाराका १०, सर्लाहीका ३, रौतहटका २ र काठमाडौंका एकजना सङ्क्रमित रहेको बताए। सङ्क्रमितहरूमा ११ जना महिला र २९ जना पुरुष छन्। सङ्क्रमितहरूको १० देखि ८० वर्षसम्म उमेर रहेको र उनीहरूको सिटी भ्यालू १४.८ देखि ३५.८ सम्म रहेको छ।

यसैबीच, बिहीवार दिउँसो तराई अस्पतालमा ४८ वर्षीया महिला सङ्क्रमितको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले वीरगंज–१३ निवासी ४८ वर्षीया महिलाको दिउँसो १२ बजे मृत्यु भएको पुष्टि गरेका छन्। सङ्क्रमित जेठ ४ गते सो अस्पतालमा भर्ना भएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here