प्रस, जीतपुर, १२ जेठ/

जीतपुरसिमरा उपमहानगरपालिका–२ मा बर्थिङ सेन्टर शिलान्यास गरिएको छ।

सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र सिमराले निर्माण गर्न लागेको बर्थिङ सेन्टर भवनको बुधवार कार्यक्रमका बीच शिलान्यास गरिएको हो।

प्रदेश सांसद सुन्दर विश्वकर्माको पहलमा प्रदेश सरकारबाट प्राप्त बजेट रु २० लाखको लागतमा भवन निर्माण हुन लागेको हो।

सांसद विश्वकर्माले सिमरा र आसपास क्षेत्रका बासिन्दालाई वीरगंज, हेटौंडा, भरतपुरलगायतका ठाउँमा प्रसूतिका लागि धाउन नपरोस् भनेर प्रदेश सरकारले उक्त सेन्टरका लागि बजेट छुट्टाएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here