प्रस, सर्लाही, १० जेठ/
नेपाल विद्यार्थी सङ्घ, सर्लाहीले राष्ट्रपति र प्रधानमन्त्रीको सोमवार बिहान पुतला दहन गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेविसङ्घले सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा पुतला दहन गरेको हो। राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक, स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कदमविरुद्ध नेविसङ्घ सर्लाहीका नेताहरू युवराज देवकोटा, मनोज बख्रेल, कृष्ण कार्कीलगायतले नाराबाजी गरेका थिए।
पुतला दहनपछि मन्तव्य राख्दै नेता देवकोटाले ओली तानाशाह बन्दै गएको आरोप लगाए। नेता बख्रेलले प्रधानमन्त्री र राष्ट्रपतिले हिटलर प्रवृत्तिमा शासन गर्न खोजेको आरोप लगाए।