प्रस, पर्सागढी, ८ जेठ/
पर्सागढी नगरपालिका-३ बडनिहार बजारस्थित खानेपानी संस्थानको भवनमा कोभिड अस्थायी बुथ सञ्चालन गरिएको छ। नगरपालिकाको समन्वयमा वडा कार्यालयले अस्थायी कोभिड बुथ सञ्चालनमा ल्याएको हो । सो अस्थायी बुथमा कोभिडका शङ्कास्पद बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ ।
अस्थायी बुथ बिहान ६ देखि ८ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म गरी दैनिक चार घण्टा सेवा दिने नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक उमेश साहले बताए । अस्थायी बुथ आइतवार जेठ ९ गतेदेखि सञ्चालन गरिने उनले बताए ।