प्रस, पंचगावाँ, ८ जेठ/
पटेर्वासुगौली गाउँपालिकामा एकजना काठ तस्करलाई वन कर्मचारीले पक्राउ गरेको छ ।
राष्ट्रिय वनबाट गोलिया ल्याएर घरमा आराले चिरान गरिरहेको अवस्थामा वडा नं १ का सबरे आलमलाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय रङ्गपुरटाँडीका सुबेदार प्रदीप तिमिल्सिनाले बताए । पक्राउ परेका आलमलाई डिभिजन वन कार्यालय पर्सा, वीरगंज चलान गरिएको उनले बताए ।
निषेधाज्ञा अवधिमा पनि अहिले पर्सामा वन फँडानी रोकिएको छैन । वनजङ्गलसँग जोडिएको जिल्लाका विभिन्न पालिकामा अहिले पनि निर्बाधरूपमा वन फँडानी गर्ने र काठ तस्करी गर्ने कार्य भइरहेको स्थानीयको गुनासो छ ।