प्रस, रौतहट, ७ जेठ/
रौतहटका कोरोना सङ्क्रमित थप दुईजनाको शुक्रवार मृत्यु भएको छ ।

आज नारायणी अस्पताल र भवानी अस्पताल वीरगंजमा रौतहटका दुईजनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । योसँगै रौतहटमा कोरोनाबाट ६७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी, आज १६२ जनाको स्वाब नमूनाको पिसिआर परीक्षण गर्दा २९ जना सङ्क्रमित पुष्टि भएको जिप्रका रौतहटले जनाएको छ । त्यस्तै, १६ जना सङ्क्रमित अहिले गौर अस्पतालमा भर्ना छन् । जिल्लामा आजसम्म ९१८ जना कोरोना सङ्क्रमित छन् भने १२८ जना निको भएको बताइएको छ ।

यसैगरी, होम आइसोलेशनमा ७२४ जना, साधारण उपचारमा रहेका २३ जना र जिल्लाबाहिर चारजना उपचारमा रहेको प्रजिअ इन्द्रदेव यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here