प्रस, सिम्रौनगढ, ६ जेठ/
ऐतिहासिक एवं धार्मिक महŒव बोकेको सिम्रौनगढका धरोहरहरू बेलाबखत विभिन्न कारणबाट नष्ट हुँदै आएकामा यसपटक भने विकासको नाममा नष्ट हुन थालेको भन्दै स्थानीयले चिन्ता जाहेर गरेका छन् ।
यहाँका ऐतिहासिक महŒवका वस्तुहरू चोरी भई एवं अन्य कारणबाट नष्ट हुँदै आएका छन् । तर यसपटक भने मुख्यमन्त्री पर्यटकीयस्थल सौन्दर्यीकरण अभियान अन्तर्गत कङ्काली इसरा पोखरीको डिल निर्माणको क्रममा ठेकेदारको लापरवाही एवं गैरजिम्मेवारीपनले ऐतिहासिक धरोहरका महŒवपूणर् वस्तुहरू नष्ट भइरहेका छन् ।
इसरा पोखरीको पुरानो डिलमा ऐतिहासिक महŒवका पुराना इँटा, पत्थर नष्ट हुने तरीकाबाट सौन्दर्यीकरण गर्नेगरी ठेकेदारले काम गरेका कारण स्थानीय चिन्तित भएका हुन् ।
इसरा पोखरीको पुरानो डिलमा दुई फिट लामो र एक फिट चौडा आकारका इँटा र पत्थरहरू छन् ।
सोको संरक्षण गर्ने कार्य ठेकेदारबाट भएको छैन । पुरानो डिल भत्काउँदा सो स्थानबाट निस्केका पुराना इँटा, पत्थरको संरक्षण गरिएको छैन । झन नष्ट हुनेगरी डोजर, ट्रक, ट्याक्टर चलाउँदा पुराना इँटा, पत्थर फुट्ने र जमीनमा पुरिंदै आएका छन् । यसो हुँदा ऐतिहासिक महŒवका इँटा, पत्थर नष्ट भएको अधिकारकर्मी रञ्जीत कुशवाहा बताउँछन् ।
मुख्यमन्त्री सौन्दर्यीकरण अभियान राम्रो भएपनि सिम्रौनगढको ऐतिहासिक महŒवका वस्तुहरू नष्ट हुनु चिन्ताको विषय भएको र यसबारे अविलम्ब विचार पुर्याउन उनले आग्रह गरे । इसरा पोखरी सौन्दर्यीकरण ६ करोड १० लाख रुपैयाँको लागतमा गरिंदैछ ।