नितेश कणर्, वीरगंज, ६ जेठ/
जिल्ला प्रहरी कार्यालय पर्साले निषेधाज्ञा जारी भएदेखि अहिलेसम्म निषेधाज्ञा उल्लङ्घन गर्ने २५ जनालाई पक्राउ गरी १३ जनाविरुद्ध मुद्दा चलाएको छ ।

जिप्रका पर्साका प्रवक्ता ओमप्रकाश खनालले निषेधाज्ञाको २०औं दिनसम्म २५ जना पक्राउ परेका र १३ जनाविरुद्ध मुद्दा दायर गरिएको जानकारी गराए । उनले यो अवधिमा २८ वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय चलान गरिएको बताए ।

यसैगरी, २०औं दिनसम्म निषेधाज्ञामा जारी मापदण्ड, निर्देशनविपरीत सवारीसाधन चलाएको कसूरमा ८८५ वटा मोटरसाइकल, १३ वटा साइकल, २२ वटा अटो, ४ वटा ट्याक्टर र २३ वटा चार पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको बताए । निषेधाज्ञा अवधिभर वीरगंज महानगरको मेनरोडमा मात्र तीन सय सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता खनालले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here