प्रस, वीरगंज, ५ जेठ/
नारायणी अस्पताल वीरगंजले बुधवार बिहान १०६ जना सङ्क्रमित पुष्टि गरेको छ ।

अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले २८८ जनाको स्वाब नमूना मङ्गलवार सङ्कलन गरिएको र सोको पिसिआर परीक्षण रिपोर्ट आज बिहान जारी भएकोमा १०६ जना सङ्क्रमित पुष्टि भएको बताए ।

सङ्क्रमित हुनेमा पर्साका ७७ जना, बाराका १५ जना, सर्लाहीका ८ जना र रौतहटका ६ जना छन् । उनीहरूमध्ये २५ जना महिला र ८१ जना पुरुष रहेको र उनीहरूको सिटी भैल्यु १५ देखि ३५ सम्म भएको डा. दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here