राधेश्याम पटेल, वीरगंज, ५ जेठ/
सवारी दुर्घटनाको विषयलाई लिएर वीरगंज-२२ जगरनाथपुरमा भएको झडप साम्य पार्न गएको प्रहरीमाथि गाउँलेले आक्रमण गरेका छन् । पर्सा प्रहरीको टोलीमाथि जगरनाथपुरका अमर यादव पक्षका बासिन्दाले ढुङ्गामुढा गरी आक्रमण गरेका थिए ।

गाउँलेको आक्रमणबाट प्रहरी चौकी परवानीपुरको जीपको अगाडि र पछाडिको सीसा फुटेको छ भने प्रहरी चौकी, प्रहरी जवान जैसी यादव घाइते भएका छन् । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको थियो भने घटनामा संलग्न सुरेन्द्र साह,राजन यादव, राजेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहान ९ बजे जगरनाथपुरका मोहम्म्द उमर मियाँ र उस्मान मियाँ चढेको मोटरसाइकल चोकमा पुग्दा गाउँकै भट्टराई यादवको मोटरसाइकलसँग ठोकिएको थियो । उस्मानले यादवलाई आफ्नो मोटरसाइकलको फुटेको भाइजर बनाउन अनुरोध गरेका थिए । तर यादव पक्ष्ँधर अमर यादवलगायतले फलामको रडले उस्मानको टाउकोमा प्रहार गरेपछि उस्मान र यादवको परिवारबीच झडप शुरू भएको थियो ।

उस्मानको टाउकोमा १० वटा टाँका लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीलाई खबर भएपछि वडा प्रहरी श्रीपुरको टाइगर गश्ती टोली पुगेर अमर यादवलाई नियन्त्रण्मा लिएपछि उनको परिवारका करीब २५ जनाले सुरक्षाकर्मीलाई धक्कामुक्का गरी अमरलाई भगाएका थिए । त्यसपछि पर्सा प्रहरीको श्रीपुर, परवानीपुर र गण्डकबाट थप प्रहरी परिचालन भएपछि प्रहरीमाथि नै आक्रमण गरी ढुङ्गामुढा गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले कुटपिट र प्रहरीमाथि आक्रमण गरी दुईवटा मुद्दामा पक्राउ परेका तीनजनामाथि अनुसन्धान भइरहेको र मुख्य नाइके भनिएका अमर यादवलाई प्रहरीले खोजिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here