प्रस, परवानीपुर, ४ जेठ
कोरोना सङ्क्रमण जाँच्ने सामग्री एन्टिजेन किटको पर्सामा अभाव भएको छ । स्वास्थ्य कार्यालय पर्साले एन्टिजेन किटको अभावले कोरोना सङ्क्रमण नियन्त्रणमा चुनौती थपिएको जनाएको छ ।

स्वास्थ्य कार्यालय पर्साले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका लागि आवश्यक एन्टिजेन किट तीन दिनदेखि पर्सा जिल्लामा सकिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए । पर्साका गाउँगाउँमा अहिले कोरोना सङ्क्रमण समुदायस्तरमा पैmलिरहेको अवस्थामा करीब ५ हजार एन्टिजेन किट तत्काल आवश्यक रहेको उनले बताएका छन् ।

प्रदेश २ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयसँग स्वास्थ्य कार्यालय पर्साले पत्राचार गरी जानकारी गराएको तर हालसम्म उपलब्ध नभएको स्वास्थ्य अधिकृत ठाकुरले बताए । केन्द्र सरकारबाट प्रदेश सरकारलाई पर्याप्त किट उपलब्ध नभएकाले प्रदेशभरि अभाव रहेको उनले बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले गत साता ५० हजार एन्टिजेन र भिटिएम किट खरीद गर्ने निणर्य भएको र सोको लागि प्रक्रिया अगाडि बढिसकेको बताए ।

यसैबीच, नारायणी अस्पताल पिसिआर प्रयोगशालाको लागि आवश्यक भिटिएम र रिएजेन्ट किटलगायत केमिकलको अभाव भएको बताइएको छ । केही दिनमैं नारायणी अस्पतालको पिसिआर प्रयोगशालाको केमिकल पनि सकिने कर्मचारीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here