प्रस, वीरगंज, ४ जेठ/
वीरगंजका अस्पतालमा मङ्गलवार तीनजनाको मृत्यु भएको छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बारा र रौतहटका एक/एकजना गरी दुईजना सङ्क्रमितको नारायणी अस्पतालमा मृत्यु भएको बताए । उनले बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं २ निवासी ४१ वर्षीय पुरुषको बिहान सवा एक बजे निधन भएको बताए । वैशाख २० गते मृतक अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी, अर्का मृतक रौतहट राजपुर नगरपालिका वडा नं १ निवासी ७० वर्षीय पुरुषको बिहान डेढ बजे निधन भएको संयोजक डा दासले बताए ।

यसैगरी, भवानी अस्पतालमा वीरगंज-१५ कि एकजना ५२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनय श्रीवास्तवले बताए । महिला सङ्क्रमित भएपछि सो अस्पतालमा वैशाख १७ गतेदेखि भर्ना भएर उपचार गराउँदै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here