प्रस, वीरगंज, ४ जेठ/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले सोमवार राति थप ९५ जना सङ्क्रमित पुष्टि गरेको छ ।

२८८ जनाको स्वाब नमूना परीक्षण गर्दा ९५ जना सङ्क्रमित पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए ।

पर्साका ५८ जना, बाराका २१ जना, रौतहतका ९ जना, सर्लाहीका ७ जना गरी ९५ जनामा सङ्क्रमण पुष्टि भएको संयोजक डा दासले बताए ।

सङ्क्रमित १४ देखि ८३ वर्ष उमेर समूहका ६७ जना पुरुष र २८ जना महिला रहेका छन् । उनीहरूको सिटी भ्यालू १४.९ देखि ३५ सम्म रहेको डा दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here