प्रस, गरुडा, ४ जेठ/
रौतहटको गरुडा नगरपालिका-७ का अध्यक्ष रामईश्वर राय यादवको मृत्यु भएको छ ।

उपचारको क्रममा ५५ वर्षीय वडाध्यक्ष यादवको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा हिजो राति मृत्यु भएको हो । वडाध्यक्ष यादवलाई लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । मुख्यरूपमा श्वासप्रश्वास समस्यासित जुधिरहेका यादवमा कोरोना सङ्क्रमण भने नदेखिएको परिवारजनले बताएका छन् ।

दुई हप्ताभन्दा बढी समयदेखि वडाध्यक्ष यादवको स्वास्थ्य समस्या जटिल भएको थियो ।
वडाध्यक्ष यादवको निधनप्रतिगरुडा नगरपालिकाले शोक प्रकट गरेको छ ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष यादवको पार्थिव शरीरमा नेका रौतहटका उपसभापति सुनील यादवले पार्टीको झन्डा ओढाइ सम्मान गरेका थिए । उनको अन्तिम संस्कार आज गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here